बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रमा सेन्टरद्वारा नियमित सेवा: घरबाटै पनि सेवा लिन सकिने

बिहीबार, १३ चैत २०७६, २२ : ०५
बिहीबार, १३ चैत २०७६

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ ।  

राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताए ।

‘नियमित स्वास्थ्य उपचारको व्यवस्था गरेको छ, कोरोना अप्रत्याशित रुपमा आए पनि अस्पतालमा पहिलादेखि नै भर्ना भएका बिरामी र टिकट काटेका बिरामीको उपचार गरिरहेको छ’, उनले भने, ‘हामी सरकारी निकाय पनि हो, हामीले सेवा दिनुपर्छ भनेर सेवा रोकेका छैनौ ।’

सेन्टरले चोटपटक लागेका बिरामीको शल्यक्रिया सेवा नियमित सञ्चालन गरिरहेको छ । चोटपटक लागेका १२ जनाको आज शल्यक्रिया गरेको छ । सेन्टरले पहिला शल्यक्रिया गरेका र आउन नसक्ने बिरामीका लागि ०१–४२२५२७५ हटलाइन नम्बरमा बिहान १०ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म सम्पर्क गरेर विशेषज्ञ चिकित्सकबाट पराशर्म दिने व्यवस्था गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप