भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही हुन्छ: काउन्सिल
काठमाडौं । कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गरी कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकामा कानूनअनुसार कडा कारवाही गर्ने जनाएको हो ।
‘सार्वजनिक सूचना, अपिल, पत्राचार तथा फोनमार्फत पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेका कतिपय सञ्चारमाध्यमलाई गरिसकिएको छ, काउन्सिल यस्ता अनलाइइनमाथि पनि कडा कारवाही गर्न बाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । केही अनलाइन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर सामग्री राखेको विषय काउन्सिलको स्वअनुगमनबाट देखिन आएको हो ।
काउन्सिलले आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित भएर सूचना तथा समाचार सामग्री सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप