भारतमा अलपत्र नेपालीको तत्काल उद्दार गर्न नेता केसीको आग्रह
काठमाडौं । काँग्रेस नेता अर्जुन नरसिंह केसीले भारतमा अलपत्र अवस्थाका रहेका नेपाली नागरिकको यथाशीघ्र उद्दार गर्न माग गरेका छन् ।
भारतको मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू नयाँदिल्ली महानगरनिकट पूर्ववर्ति गाजियावादमा अलपत्र परेको खबर आएको भन्दै नेता केसीले उनीहरुको तत्काल उद्दार गर्न माग गरेका हुन् ।
‘भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहीन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत छु’, केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसमा डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि छन् र भोकै रहेको बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक,कारुणिक अवस्था एक सार्वजनिक भिडियोमा देखिन्छ ।’
कोरोना भाईरस महामारीको संकटबीच अलपत्र उनीहरुको नेपाल सरकारले उद्दार गर्न ढिलाइ गर्न नहुने नेता केसीको जोड छ ।
‘अघिल्लो महिना चीनको उहानमा कस्टकर अवस्थामा रहेका १७० नेपाली नागरिकहरूलाई जसरी सरकारले आफ्नै विमान पठाएर स्वदेश ल्याउने स्वागतयोग्य काम गरेको थियो, संकटको यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपयाहीन अवस्थामा अलपत्र परेका आफ्ना नागरिकहरू जहाँ भए पनि स्वदेश फर्काउन सरकारले यसैगरी विशेष प्रबन्ध मिलाउनुपर्छ भन्ने मेरो दृढ मान्यता र जोडदार माग छ’, केसीले भनेका छन् ।
नेपालमा जस्तै भारतमा पनि लकडाउन भएकाले ती नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकाले सरकारकै पहलकदमी जरुरी रहेको उनको भनाइ छ ।
यस्तै नेता केसीले नेपालमा गरिएको लकडाउन स्वागतयोग्य रहेपनि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्नेहरु समस्यामा परेको भन्दै उनीहरुको लागि सरकारले तुरुन्त राहत प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै चिकित्साकर्मीको सुरक्षा, दैनिक उपभोग्य सामग्रीको माग र आपूर्तिको व्यवस्थापनतिर पनि विशेष चनाखो बन्नुपर्ने नेता केसीले धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल