केन्द्रीय संस्करण

पाल्पाका क्वारेन्टाइनमा ४२ , विदेशबाट फर्केका होम क्वारेन्टाइनमा

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा जानेको सङ्ख्या वृद्धि भएको छ ।


जिल्लाका १० स्थानीय तहमा आठ क्वारेन्टाइन भएकामध्ये तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालय, रामपुर नगरपालिकाको बालकल्याण प्राथमिक विद्यालय, रम्भा गाउँपालिकाको रम्भा माध्यमिक विद्यालय र  बगनासकाली गाउँपालिकाको ग्राम्य माध्यमिक विद्यालयमा प्रायः भारतबाट आएका नागरिकलाई राखिएको छ । 


पाल्पामा धनगढी र  गड्गाचौकी हुँदै भित्रिएका नागरिकलाई सीधै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार तानसेन नगरपालिकामा २६  तथा बगनासकालीमा दुई जना र बगनासकालीमा राखिएका अन्य रामपुरका नौ जनालाई फर्काएर आफ्नै रामपुरको क्वारेन्टाइनमा राखिएको छ ।

 त्यस्तै रम्भा गाउँपालिकाको क्वारेन्टाइनमा आज पाँच जनालाई राखिएको र विदेशबाट भित्रिएका ५२  नागरिक रहेकामा केहीलाई होम क्वारेन्टाइनमा व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको भनाइ छ ।

रामपुर नगरपालिकाले नगरमा भित्रने नागरिकको तथ्याङ्क सङ्कलन गर्दा अहिलेसम्म १३५ नागरिक भारतलगायत देशबाट गाउँ आएकामा नौ जना क्वारेन्टाइनमा राखिएको छ । 

अन्यलाई वडावडामा क्वारेन्टाइनको स्थापना गरी राख्न पहल भइरहेकाले हाल घरमै सुरक्षित रहन अनुरोध गरिएको नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।  उनका अनुसार १० वटै वडामा क्वारेन्टाइन तयार गरिने छ ।

रामपुरमा आवश्यकता हेरेर प्रत्येक दिन एक घण्टा खाद्यान्नका पसल खोल्ने तथा  बाहिरबाट आएका नागरिकलाई जनप्रतिनिधिमार्फत निगरानीमा राखिएको इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्यले बताए । 

सरकारले भने अनिवार्य स्वास्थ्यजाँच गरेर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.