केन्द्रीय संस्करण

विश्वमै स्वास्थ्य सामाग्रीको अभाव देखिएको छ,हामी पनि छिट्टै ल्याउने तयारीमा छौंः उपप्रधानमन्त्री पोख्रेल

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं ।  सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर काम गरिरहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विहिबार सञ्चारकर्मीसँग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीर रुपमा लागेको बताए ।

संक्रमितको उपचार, विरामीलाई राख्ने आईसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामाग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगले गर्न नसकिए पनि  सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए । उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिई, परीक्षण किट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने बताए ।

उनले भने, ‘उपयुक्त साधनहरु थिएनन् । ल्याउनुपर्ने थियो । हाम्रो देशमा मात्रै अभाव होइन । दुनियाभर अभाव भएको बेलामा उपचारमा देखा परेका समस्या समाधान गर्नतर्फ सरकार लागेको छ । प्रक्रियागत जटिलताहरु छन् । ती प्रक्रियागत जटिलतालाई तोडेर हामी चाँडैनै सामान ल्याउँछौ । त्यसपछि ती सामानहरुलाई प्रदेशतहका हस्पिटलहरुमा पनि पुर्याउँछौ ।’

उनले बन्दको अवस्थामा दैनिक उपभोग्य सामान, औषधी, खाद्यान्न, तरकारी, दुध लगायत अत्यावश्यक सामाग्रीका पसलहरु खुल्ला हुने स्पष्ट पारे । उनले विभिन्न पेशासँग सम्बन्धित दैनिक ज्यालादारी कर्मचारीलाई विदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभूति गर्न ती संस्था, व्यक्ति र फर्महरुसँग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे । उनले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

उनले नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धित देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीहरुको बारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पनि स्पष्ट पारे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...