शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा ग्रामीण भेगका पसल र खाजाघर पनि बन्द गरिने

बिहीबार, १३ चैत २०७६, २० : ०६
बिहीबार, १३ चैत २०७६

-रामहरि श्रेष्ठ
ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जिल्लाका ग्रामिण भेगका पसल तथा खाजाघरलाई समेत पूर्ण रुपमा बन्द गराउने भएको छ । कोरोना भाइरस अर्थात कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै ग्रामिण भेगका पसल तथा खाजाघरहरुलाई समेत बन्द गर्ने निणर्य गरेको हो । कोरोनाको त्रासका कारण सहरबाट गाउँ फर्केका नागरिकहरु रमाईलो, जमघट तथा भोजभतेरमा ब्यस्त हुन थालेपछि ग्रामिण क्षेत्रमा समेत कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

सहर तथा सदरमुकामबाट गाउँ फर्केका नागरिकहरुले लकडाउनलाई चाडपर्वका रुपमा लिन थालेपछि गाउँमा समेत थप कडाई गर्न लागीएको उनको भनाई छ ।  युवाहरु गाउँमा ठुलो संख्यामा भेला भएर गफिने गरेका छन् । यसले गर्दा गाउँका चिया पसल,मासु पसल,किराना पसल लगायत मानिसको जमघट हुने क्षेत्रहरु सबै बन्द गर्ने निणर्य गरेको आचार्यले बताए । यसले गाउँ फर्केका युवाहरु संक्रमणको जोखिममा रहनेसक्ने भन्दै सजकता अपनाउन जरुरी गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप