कतारबाट फर्केका युवक अस्पतालको क्वारेन्टाइनमा
बिहीबार, १३ चैत २०७६, २० : ००
ओखलढुङ्गा । कतारबाट काठमाडौं हुँदै गत सोमबार ओखलढुंगा आएका एक युवकलाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनको सहयोगमा २५ वर्षीय युवालाई अस्पतालको क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश आचार्यले बताए । उनी गत चैत्र ७ गते कतारबाट काठमाडौं हुदै १० गते ओखलढुंगा आइपुगेका थिए ।
यसअघि सरकारले बिदेशबाट फर्केका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईमा बस्न आग्रह गरेको थियो । सोहीअनुसार ती युवक सम्पर्कमा आएको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पताल रुम्जाटारका प्रमुख सुमन तिवारीका अनुसार युवकको अवस्था समान्य छ । उनलाई हाल नियमअनुसार अस्पातालको क्वारेन्टाईमा राखेर निगरानी गरिएको तिवारीको भनाई छ । जिल्लामा अस्पतालको क्वारेन्टाइनमा बस्ने उनी पहिलो व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा