शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा पनि कोरोना संक्रमित बढ्दै, नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश जारी

बिहीबार, १३ चैत २०७६, १९ : १४
बिहीबार, १३ चैत २०७६

मस्को । रुसले पनि कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश जारी गरेको छ ।

यस क्रममा मस्कोका सबै रेस्टुरेन्ट, क्याफे, बार, पसलहरु र पार्क यही मार्च २८ देखि अप्रिल ५ सम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो प्रतिबन्धात्मक आदेश जारी गरेको मस्कोका मेयर बुधबार जानकारी दिएका हुन् ।

‘यो प्रतिबन्ध मस्कोकै इतिहासमा अभूतपूर्व हो, यसले हरेक व्यक्तिको दैनिक जीवनमा कयौँ असुविधा सिर्जना हुन्छ,’ मस्कोका मेयर सर्गेइ सोबयानिनले भने, ‘तर मेरो विश्वास गर्नुस्, कोरोनाभाइरसको प्रसारलाई रोक्नका लागि यो अति आवश्यक छ ।’

प्रतिबन्धको अवधिमा खाद्यान्नका पसलहरु, औषधि पसल भने खुला रहने छन् । यस अतिरिक्त खाना उपलब्ध गराउने होटल पनि खुला नै रहने जनाइएको छ ।

मस्कोबासीलाई धार्मिक स्थलमा जान, ठूलो संख्यामा भेला गर्न भने रोक लगाइएको छ ।

रुसमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणमा निकै वृद्धि देखिएको छ । उक्त अवधिमा एक सय ८२ संक्रमणका घटना पाइएकोमा मस्कोमा मात्र एक सय ३६ संक्रमित फेला परेको जनाइएको छ ।

रुसमा हालसम्म कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । तीमध्ये ३ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप