शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च ज्वरो देखिएपछि जुम्लामा एक बालकलाई राखियो आइसोलेशनमा

बिहीबार, १३ चैत २०७६, १९ : ०४
बिहीबार, १३ चैत २०७६

जुम्ला । तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई उच्च ज्वरो देखिएसँगै इसोलेशनमा राखिएको छ । 

जाँचका क्रममा उच्च ज्वरो देखिएपछि आज उनलाई सीधै आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा सुनिल बुढाथोकीले बताए ।

उहाँका अनुसार बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ । बालकका बुबा पाँच दिन अगाडि भारतबाट आएकोसमेत खुलेको छ । 

दुईतीन दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई  नाप्दा कोरोनाको लक्षणसँंग मिल्दोजुल्दो भएपछि आशङ्कामा आइसोलेशनमा राखिएको डा बुढाथोकीले जानकारी दिए ।


बालकलाई कोरोनाको प्रतिवेदन नआउञ्जेल आइसोलेशनमै राखी उपचार गरिने  प्रतिष्ठानले जनाएको छ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप