मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाको संक्रमणबाट अर्का नेपालीको मृत्यु भएको पुष्टि

बिहीबार, १३ चैत २०७६, १८ : ५५
बिहीबार, १३ चैत २०७६

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको  कोरोना भाइरस  (कोभिड-१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको अस्पतालले  पुष्टि गरेको  छ ।

 साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको थियो । कोरोना संक्रमणका कारण निधन भएको कुरा अस्पतालले मृतकका परिवारलाई जानकारी गराएको हो  ।  

सामान्य ज्वरो तथा खोकीको समस्या भएका अर्याललाई गत शनिबार अकस्मात चक्कर लागेपछि स्थानीय क्वीन एलिजाबेथ अस्पतालमा लागिएको थियो । 

उपचारकै क्रममा उनको निधन भएको थियो । ब्लड प्रेसर बाहेक अन्य कुनै रोग नरहेको पारिवारिक स्रोतले बताएको छ । बेलायतमा एकाउन्टिङ फर्ममा कार्यरत अर्यालका श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् ।  
उनको पुर्ख्यौली घर चितवन  रहेका  मृतक अर्यालको परिवार अहिले घरमै आइसोलेसनमा रहेका छन् ।
 
कोरोनाकै कारण लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको निधन भैसकेको  छ । 

 हालसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट  दुईजना नेपालीको मृत्यु भैसकेको छ । यसैगरी  कोरोना भाइरसबाट संक्रमण भएकी भगवती रानाभाट भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेकी छन् ।
 विश्वभरी कोरोनाबात मृत्यु हुनेको संख्या २२ हजार नाघिसकेको छ भने बेलायतमा यस रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६५ पुगेको  छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप