शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : विश्व प्रख्यात शेफ र बेलायती वरिष्ठ कुटनीतिक कर्मचारीको मृत्यु

बिहीबार, १३ चैत २०७६, १८ : ५३
बिहीबार, १३ चैत २०७६

न्यूयोर्क । कोरोनाभाइरसका कारण विश्व प्रशिद्ध शेफ (व्यञ्जनकार) फ्लोयड कार्डोजको बुधबार निधन भएको छ । ५९ वर्षीय उनी कोरोनाभाइरसबाट संक्रमित थिए ।

न्यूजर्सीमा उनको निधन भएको जनाइएको छ । उनको उपचारमा संलग्न अस्पतालले भनेको छ, ‘तपाईंहरुलाई गहिरो दुःखका साथ शेफ फ्लोयड कार्डोजको निधनको सूचना दिनु परेको छ ।’

मार्च १८ मा उनमा कोरोना संक्रमण पाइएको थियो । लगत्तै माउन्टेनसाइड मेडिकल सेन्टरमा उनको उपचार गरिएको थियो ।

भारतीय मूलका उनी हालैमात्र भारतबाट फर्किएका थिए । भारतमा रहँदा उनले अभिनेता अजिज अन्सारीसँगको सेल्फी पनि आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए ।

यस्तै हंगेरीमा कार्यरत बेलायटी वरिष्ठ कुटनीतिज्ञको पनि कोरोना संक्रमणकै कारण निधन भएको छ ।

बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ३७ वर्षीय कुटनीतिक कर्मचारी स्टेभन डिकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी बुढापेस्टस्थित बेलायती दुतावासमा कार्यरत थिए ।

उनको मंगलबार निधन भएको बेलायती विदेश मन्त्रालयले जनाएको छ ।

उनी सन् २००८ देखि बेलायती विदेश मन्त्रालयमा आवद्ध भएका थिए । उनले साउदी अरब र अफगानिस्तानमा रहेर पनि बेलायती दूतावासको जिम्मेवारी सम्हालिसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप