शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

याद गरौं, यसअघिका महाप्रलयमा जेनतेन बँचेका २ हजार पुर्खाले अहिलेका रनबन ढाकेका हुन्

बिहीबार, १३ चैत २०७६, १८ : ४९
बिहीबार, १३ चैत २०७६


संसारमा मान्छे/मानवता नै चाहिन्छ भन्ने जिद्दी गर्नुहुन्छ भने पनि प्रागऐतिहासिक यो घटनाले तपाईंलाई अलि राहत दिन सक्छ ।

घटना आजभन्दा ७५ हजार बर्ष पुरानो हो ।

मानवता आफ्नो जन्मघर अफ्रिका छाडेर बाहिर आउने तरखरमा थियो । सायद, कुनै समूह ससानो झुण्डमा निस्किसकेको पनि थियो । त्यहिबेला अहिलेको इन्डोनेशियाको टोबामा कयामत आए झैँ भीषण ज्वालामूखी विस्फोट भयो । पछिल्लो २.५ करोड वर्षयता सबैभन्दा ठूलो विस्फोट यही नै थियो । यो विष्फोटको खरानी/धूलो/धुंवा हावामा ६७० क्युबिक माइलसम्म पुग्यो । मलेसियादेखि भारतसम्म ३० फिट बाक्लो खरानी जम्यो । बिषालु ग्यास, धुंवा र धूलो अफ्रिकातिर सोझियो । भर्खरै बामे सरेको मानवतामाथि यसले नरसंहार मच्चायो ।

तातोले शरीर पोलेर भुक्लुक्क भुक्लुक ढल्न थाले, बिषालु ग्यासले सास निस्सासियो , कालो धुंवाले घाम ढाक्यो, दिंउसै रात पर्‍यो , सूर्यको किरण छिर्न पाएन , बिस्तारै पृथ्वी लामो चिस्यानमा धकेलियो । जीवजन्तु, वनस्पति लगभग निमिट्यान्न भए । पृथ्वीको नै अन्त्य भए झैँ भयो ।

हाम्रा पुर्खा पनि लगभग सकिए । जे जति बांचे ती बिष्मय र डरले थर्थरी कामे । सुरक्षित स्थान खोज्दै ती भौतारिए ।

जेनेटिक विज्ञानका विज्ञहरुको खोजलाई आधार मान्ने हो भने मुश्किलले जम्मा २ हजार बांचेका थिए हाम्रा पुर्खा । एउटा प्रलयबाट बांचेका तिनै मुट्ठीभरका पूर्खाले यो धरतीको रनबन ढाके । तिनका सन्तानले के मात्रै उपलब्धि प्राप्त गरेनन । धरती अपुग लागेर अन्तरिक्ष तिर आंखा लाउने र पाइला चाल्ने आधार समेत दिए ।

यो संकटमा मानवताको एउटा सानो समूह मात्रै कुनै टापुमा बांचे भने पनि केही हजार बर्षमा फेरि यो धरती ढाक्न पर्याप्त हुन्छ ।

मानवताको निरन्तरता हुन सक्छ, तर तपाईंको ब्यक्तिगत जीवनको चाहिँ ग्यारेन्टी छैन .

Title photo: https://i0.wp.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विकास बस्नेत
विकास बस्नेत
लेखकबाट थप