शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारी : स्पेनमा ज्यान गुमाउनेको सङ्ख्या ४ हजार नाघ्यो

बिहीबार, १३ चैत २०७६, १८ : ३७
बिहीबार, १३ चैत २०७६

स्पेनमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८९ पुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ संक्रमितको सङ्ख्या ५६ हजार १८८ पुगेको छ ।

यद्यपि, पछिल्लो २४ घण्टामा बुधबारको तुलनामा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । बुधबार ७ सय ३८ जनाले यस रोगको संक्रमणबाट ज्यान गुमाएकोमा पछिल्लो २४ घण्टामा यो सङ्ख्या ६ सय ५५ रहेको छ ।

इटालीपछि कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको सङ्ख्यामा स्पेन दोस्रो स्थानमा रहेको छ । कोरोनाभाइरसको महामारी सुरु भएको चीनमा यो सङ्ख्या ३ हजार २९१ रहेको छ ।

बुधबारअघिसम्म स्पेनमा ४७ हजार ६१० संक्रमित थिए भने ३ हजार ४३४ जनाले ज्यान गुमाएका थिए ।

गत मार्च १३ देखि स्पेनमा आपतकाल लागु गरिएको छ । शीर्ष स्वास्थ्य अधिकारी फर्नान्डो सिमनले बुधबार स्पेनमा अझै महामारीको चरमविन्दुमा नपुगेको प्रक्षेपण गरेका थिए । उनले मृत्यु हुनेको सङ्ख्या अझ केही दिन बढ्ने उनको अनुमान थियो ।

१५ दिनका लागि लागु गरिएको लकडाउन थप १४ दिन बढ्न सक्ने प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप