अब वीर अस्पतालले २४ प्रकारका बिरामीलाई घरमै सेवा दिने
बिहीबार, १३ चैत २०७६, १८ : २३
सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा होस्, तपाईंलाई हार्डजोनी, नशा, यौन, छाला, नाक , कानलगायतअन्य समस्या भएको छ ? अब चिन्ता लिनुपर्दैन । वीर अस्पतालले विभिन्न २४ प्रकारका बिरामीलाई घरमै सेवा दिने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।
त्यसैले विभिन्न २४ प्रकारका बिरामीले घरमै बसेर जस्तै मिर्गौला, कलेजो, क्यान्सर, आकस्मिक शल्यक्रिया, मेडिसिन, लगाएतका बिरामीले वीर अस्पतालका यी विभागमा फोन गरेर सेवा लिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वाथ्य सेवा र चिकित्सकको सम्पर्क नम्बर तल उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी