शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा कालोबजारी

बिहीबार, १३ चैत २०७६, १८ : १६
बिहीबार, १३ चैत २०७६

मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ ।  दाल, तरकारी तथा फलफूललगायत सामान चर्को मूल्यमा  बिक्रीवितरण भइरहेको उपभोक्ताले  गुनासो  गरेका छन्  । 

हेटौँडाका विभिन्न चोक तथा गल्लीमा रहेका थोक तथा खुद्रा पसलमा सामानको अभाव बताउँदै महँगो मूल्यमा बिक्रिी हुने गरेको हेटौँडा उपमहानगरपालिका ४ का रामप्रसाद दाहालले बताए ।  किराना तथा तरकारीका थोक बिक्रेता श्याम कलवारले प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि भएकाले आफूहरु  पनि सोही मूल्य बराबरमा बिक्रीवितरण गर्न बाध्य भएको बताए । स्थानिय प्रशासनले कालोबजारी गरेको पाइएमा कारवाही गर्ने बताएको  छ ।  पसलहरु बिहान  र साँझमा खुल्ने गरेकाले उपभोक्ताले मूल्यभन्दा बढी खरीदमा बढी जोड दिने  गरेको प्रा भरत महाजनले भने । 

यस्तै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज तेस्रो  दिन  पनि सुनसान देखिएको छ  ।  फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । सुरक्षाका लागि  नेपाल प्रहरी र  सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा  लागि खटिएका छन्  ।

सडकमा जथाभावी हिँड्नेलाई  घरमा बस्न सचेत समेत गराइएको छ  । स्थानीय प्रशासनले हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष निर्माण गरी अस्पतालमा उपचारका लागि व्यवस्थासमेत  गरेको छ  ।  त्यस्तै हेटाँैडामा रहेका उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप