शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरबाट संक्रमित युवतीसँगै आएका युवामा रुखाखोकीको संक्रमण देखियो

बिहीबार, १३ चैत २०७६, १८ : ००
बिहीबार, १३ चैत २०७६

बुटवल । गत चैत ४ गते कतार एयरवेजको फ्लाईटमा कोरोना भाईरस संक्रमति युवतीसँगै आएका बाग्लुङ्खका एक युवामा रुघा खोकीको संक्रमण देखिएको छ  । उनलाई केही दिनयतादेखि रुघाखोकीको संक्रमण देखिएको हो । उनी ढोरपाटन नगरपालिका वडा नम्वर ५ अधिकारीचौस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् । उनका दुई घरमध्ये एउटामा श्रीमती छोराछोरी र अर्को घरमा बिक सेल्फ क्यारेन्टाईनमा बस्दै आएका हुन् । 

विहीवार बुतिबाङ्ख ईलाका प्रशासन कार्यालयका प्रमुख लोकबहादुर कुँवर, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति द्रोणबहादुर कुँवर, वुर्तिबाङ्ख प्राथामिक स्वास्थ्य केन्द्रका चिकित्सक केशव थापा लगायतका सरोकारवालाको टोली त्यहाँ पुगेको थियो । उक्त टोली संक्रमणबाट बच्ने स्वास्थ्य सामग्री उपलब्ध गराएर फर्किएको जनाइएको छ  ।

 रुघाखोकीको बिरामी भएलगत्तै उनलाई छिमेकीहरुले समेत नमुना परीक्षणका लागि भनेपनि उनी गएका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप