क्वारेन्टाइनमा बस्ने खर्च कृष्णनगर नगरपालिकाले व्यहोर्ने
बुटवल । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा स्थानीय तहले उल्लेख्य सक्रियता देखाएका छन् ।
बिभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गरेका स्थानीय तहहरु पछिल्ला दिनहरुमा क्वारेन्टाइन बनाउने काममा लागेका छन् । यस्तैमा कपिलवस्तुको कृष्णनगर नगरपालिका पनि सक्रिय बनेको छ । नगरपालिकाले क्वारेन्टाइनमा बस्ने सम्पूर्णको खर्च व्यहोर्ने भएको छ ।
भारतसँग सीमा जोडिएको मुख्य नाका कृष्णनगरमा अन्य नाका भन्दा बढी नेपालीको चाप हुने गर्छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखाले उक्त निणर्य गरेको हो ।
भारतबाट आउने नेपालीलाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परीक्षण गरिन्छ ।
आवश्यकता अनुसार क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिन्छ । क्वारेन्टाइनमा बस्नेको खाना, नास्ता, दैनिक सरसफाई लगायत अन्य लाग्ने सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले दिँदै आएको छ । भाडा र सकेसम्म नजिक भए घरसम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको नगर प्रमुख रजत प्रताप शाहले बताए ।
कृष्णनगर नगरपालिका वडा नं २ र ३ मा रहेको महेन्द्र मा वि मा ३० बेडको क्वारेन्टाइन तयार भैसकेको छ भने थप २० बेडको क्वारेन्टाइन तयार गरिँदै छ । वडा नं ८ र ९ को लागि जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाँकी वडामा समेत ४–४ बेड का दरले क्वारेन्टाइन निर्माण भैसकेको नगरपालिकाले जानकारी दिएको छ ।
साथै क्वारेन्टाइनको सुरक्षाका सुरक्षाकर्मी समेत खटाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै