मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्यान्न वितरणको जनकपुरधाम वडा नम्बर–७ मोडल (फोटोफिचर)

बिहीबार, १३ चैत २०७६, १६ : ५८
बिहीबार, १३ चैत २०७६

जनकपुर । विश्वव्यापी महामारीरुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण प्रति सजगत अपाउदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरुपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ ।

जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक उपभोग्य खाद्यान्न वस्तु सहज र एकीकृतरुपमा वितरण शुरु गरिएको हो ।

सो वडामा १८ सय घरधुरी छन् । प्रत्येक घरधुरी प्रति ५ किलोको १ सय ७५ रुपैयाँ, प्याज २ किलोको ९० रुपैयाँ र नुन प्रति प्याकेट २० रुपैयाँको दरले उपलब्ध गराएको वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।

सामग्री लिन आएका उपभोक्ताहरुलाई ८ फिटको दुरीमा लाइन लगाएर व्यवस्थितरुपमा वितरण गरिदैँछ । अहिलेसम्म १ सय ५० जनाले खाद्यान्न सामग्री पाइसकेका छन् ।

यता, जनकपुरधाम उद्योग वाणिज्य संघले निर्धारण गरेको मूल्यभन्दा सस्तोमा वितरण गरेकोमा वडावासीहरु पनि खुसी छन् । वडाध्यक्ष साहले यो सेवा बेलुका ६ बजेसम्म चल्ने जानकारी दिए । उनले कोही छुटेको खण्डमा मुसहर वस्तीमा यसरी नै व्यवस्था मिलाएर वितरण गरिने जनाए ।

जनकपुरधाम वडा नम्बर ७ बस्ने अमिर दर्जीले यस्तो विपत्को बेलामा सर्वसुलभ र सहजरुपमा खाद्यान्न उपलब्ध हुनु सर्वसाधारणका लागि राम्रो रहेको प्रतिक्रिया दिए ।

यतिबेला देश नै लकडाउनमा रहेको बेला जनकपुरधामको वडा नम्बर ७ ले अपनाएको मोडल अन्य क्षेत्र पनि अनुसरण गर्न सकिने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप