बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्युठानमा ११ जनालाई क्वारेन्टाइनमा राखियो

बिहीबार, १३ चैत २०७६, १६ : ५८
बिहीबार, १३ चैत २०७६

बुटवल । जिल्ला प्रहरी कार्यालय प्युठानले सार्वजानिक गरेको कोरोनाभाइरस सम्वन्धी जनचेतना मुलुकसूचना अनुसार त्यस जिल्लामा बाहिरबाट आउने ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

२ सय २६ जनाको स्वास्थ्य परीक्षण गर्दा अहिले सम्म एक जनामा पनि कोरोना भाइरसको लक्षण भने देखा परेको छैन ।  

 नेपाल बहिरबाट प्युठानमा अहिले सम्म २२ जना मात्रै आएको प्रहरीले जनाएको छ । यस्तै नेपालका विभिन्न शहरबाट २ सय चार जना प्युठान भित्रिएका छन् । प्रहरीले वडास्तर सम्म पुगेर माईकिङ गरेर जनचेतनामुल सुचना सम्प्रेषण गरिरहेको छ । 

   यसैबीच प्युठान प्रहरीले  निषेधाज्ञा अवज्ञा गर्ने ६ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । एउटा ट्याक्टर र ७ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप