ग्राहकसँग शुल्क नउठाउन बीमा कम्पनीलाई समितिको निर्देशन
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई चैत मसान्तसम्म कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ । बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको समितिले बिहीबारसबै बीमा कम्पनीको नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
त्यस्तै, जीवनबीमाको अवधि समाप्तपछिको भुक्तानी बैंकमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको छ ।
निर्जीवन बीमा कम्पनीको हकमा भने नवीकरण वापतको बीमा शुल्क लिन पाउने व्यवस्था कायमै राखे पनि त्यस्तो शुल्क विद्युतीय माध्यमबाट लिन पाउने व्यवस्था मिलाउन भनिएको छ ।
जीवन तथा निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीका सम्बन्धमा भने समितिले विद्युतीय माध्यमबाट आवश्यक प्रमाणहरु संकलन गर्ने र अवस्था सामान्य भएपछि दाबी भुक्तानी दिनसक्ने व्यवस्था गरिएको छ ।
सर्भेयरले सबै बीमा कम्पनीहरुलाई न्यूनतम बीमा सेवालाई निरन्तरता दिनुका साथै त्यस्तो सेवाको बारेमा आमसञ्चार र सामाजिक सञ्जालमार्फत् बीमित र सेवाग्राहीलाई जानकारी दिन समेत भनेको छ ।
त्यस्तै, समितिले इजाजतप्राप्त अभिकर्ता र सर्भेयरलाई चैत मसान्तभित्र आफ्नो इजाजतपत्रको नवीकरण दस्तुर बुझाउन भनेको छ । त्यसो गर्दा कुनै पनि प्रकारको जरिवाना नलाग्ने समेत समितिले स्पष्ट पारेको छ ।
बुधबार अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिले बीमा समितिलाई बीमा कम्पनीबाट न्यूनतम सेवा प्रवाहको सुनिश्चितता गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार समितिले परिपत्र गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)