बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि कर्णाली प्रदेश सरकारले गर्‍यो यस्ता निर्णय

बिहीबार, १३ चैत २०७६, १५ : १२
बिहीबार, १३ चैत २०७६

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ । बिहिवार विहान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठकले सो निर्णय गरेको हो । 

वैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि वढाउन निर्देशन दिए  । 

उनले विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीयतहका समितिहरुलाई थप सक्रिय बनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी वनाउन पनि निर्देशन दिएका छन् । 

वैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामाग्री र औषधिलगायतका सामाग्री तत्काल आपुर्तिका लागि संघीय सरकार, नीजि आपूर्तिकर्ताहरु, वाह्य आपूर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सबै उपायहरु अवलम्वन गर्ने निर्णय गरेको छ । 

यस्तै वैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पत्तालबाट रुकुमपश्चिम, जाजरकोट, डोल्पा र पूर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गरि काम गर्न निर्देशन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

वैठकले प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने निर्णय गरेको छ भने प्रदेश राजधानी र जिल्ला र स्थानीयतहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश अस्पताल र जिल्ला अस्पत्तालहरुमा शंकास्पद बिरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

यसैगरी दश वटै जिल्लामा आपूर्ति व्यवस्थालाई प्रभावकारी वनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय बनाउने पनि बैठकले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप