शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल बन्यो आइसोलेसनमै फुटबल खेल्ने बालकको भिडियो, स्टार फुटबलरद्वारा प्रसंशा

बिहीबार, १३ चैत २०७६, १५ : ०२
बिहीबार, १३ चैत २०७६

आयरल्यान्डको डुब्लिनस्थित घरमा ओइसोलेसनमा बसिरहेका छोरा नाथानले गोलकिपिङ अभ्यास गरिरहेको भिडियो आमा तथा पत्रकार सराह ज्यले टोबिनले पोस्ट गरिन् । त्यसयता यो भिडियो भाइरल बनेको छ । 

यी बालक आफ्नो घरपछाडिको गार्डेनमा एक्लै फुटबल खेलिरहेका छन् । उनी भित्तामा बल हान्छन् र त्यसलाई रोक्ने प्रयास गर्छन् । ‘जब तिमी गोलकिपर छौ... र एक्लो सन्तान हौ....सेल्फ आइसोलेसनमा छौ.. र आफ्नो अभ्यासमा लागिरहेका छौ... उसले आफै यस्तो ग¥यो । म निकै प्रभावित छु,’ आफ्ना छोराको प्रसंशामा यी पत्रकारले भनेकी छिन् । 

उनले ह्यासट्याग ‘स्टे होम स्टे सेफ’ पनि लेखेकी छिन् । यस भिडियोलाई ६७ लाखपटक हेरिसकिएका छन् र विश्व  फुटबलका ठूला स्टार डेभिड डि जिया, पिटर स्माइकल, जुवान माटा ग्रासियालगायतले रि–ट्वीट गरेका छन् । 

‘कसैले सक्दैन,कोभिड–१९ जत्तिको सैतान भाइरसले पनि क्षमतावा्न गोलकिपरलाई राम्रो हुनबाट रोक्न सक्दैन,’ पिटर स्माइकलले लेखेका छन्,‘ वेल डन योङ्ग म्यान ।’

–एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप