मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मौका छोप्दै लागुऔषध ओसारपसारः भारतीय मोटरसाइकलसहित एक लागुऔषध कारोबारी पक्राउ

बिहीबार, १३ चैत २०७६, १३ : ५४
बिहीबार, १३ चैत २०७६

परासी। लडकडाउनको मौका छोप्दै ओसारपसार गरिरहेको एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । बुधबार साँझ साढे ६ बजेको समयमा जिल्लाको सरावल गाउँपालिका ४ ललितपुरको भित्री सडकखण्डमा भारी मात्रामा लागु औषध ओसारीरहेको अवस्थामा प्रहरीले भारतीय मोटरसाइकल सहित एक कारोबारीलाई पक्राउ गरेको हो ।

भारतको लक्ष्मीपुरबाट युपी १६एच७५७१ नम्बर प्लटेको मोटरसाईकलमा लुकाएर नेपाल छिराउँदै गरेका बर्दघाट नगरपालिका १३ भटौलिया बस्ने ५९ बर्षिय सुरेन्द्र चमारलाई प्रहरीले पक्राउ आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्ने चमारको साथबाट ५७६ टब्लेट स्पासमो, ६०० टब्लेट नाइट्रोभेट १०, ७० बोतल ओनरेक्स रहेको प्रहरीले जनाएको छ । लकडाउनको समयमा पनि तरकारी किन्ने बहानामा बजार निस्किेका चमार यत्रो मात्रामा लागु औषध ओसार्ने कार्य देख्दा प्रहरी चकित नै प¥यो । यो घटना फेला परेपछि प्रहरीले सिमा क्षेत्रमा थप कडाई गरेको छ । 

विश्वभरि तिब्ररुपमा फैलिरहेको क्रोना भाईरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चैत ११ गतदेखि १८गतेसम्म देशनै लकडाउन गरेको अवसर छोप्दै चमार साँझको समयमा त्यत्रो ठुलो मात्रामा लागु औषध बोकेर व्यपार गरिरहेको पाइएपछि प्रहरीले विहानदिउसाँे झै साँझपनि सवारीहरु चेकजाँचमा कडाई गरेको छ । जिल्लामा लकडाउनको प्रभाव उच्च रहेको पाइएको छ । जिल्लाको सबै क्षेत्रहरु सुनसान बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप