बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशन पालना गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेको आग्रह

बिहीबार, १३ चैत २०७६, १२ : ३५
बिहीबार, १३ चैत २०७६

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले सरकारले गरेको निर्देशन पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा अधिकतम सावधानीको उपाय अपनाइरहेको बेलामा सम्पूर्ण जिल्लावासी नागरिकद्वारा घरभित्रै बसी निर्देशनको पालना गरिदिन आग्रह गरेका हुन् ।

लकडाउन अटेर गर्ने १७१ मोटरसाइकल, तीन मिनीट्रक, १२ स्कुटर, चार कार, एक स्कारपियो, चार साइकल र दुई व्यक्तिलाई कारवाही गर्नुपरेको उल्लेख गर्दै अब त्यस्तो नगर्न प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले निरन्तर जिल्लाको विभिन्न स्थानमा लकडाउनको अनुगमन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप