युरोपियन फुटबलमा आर्थिक संकट
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण युरोपियन फुटबल सबैभन्दा मारमा परेको छ ।
आर्थिक हिसावले क्लब फुटबल टाट पल्टने अवस्थामा छन् । युरोपको गतिलो अर्थतन्त्रको रुपमा रहेको फुटबललाई कोरोनाले सबैभन्दा बढी प्रभावित बनाएको छ । फुटबल ठप्प भएपछि आर्थिक स्थिति कमजोर रहेका क्लबहरुलाई टिक्न नसक्ने अवस्था देखिएको समाचार बाहिरिन थालेको छ ।
धनी क्लबले खेलाडीको तलब लगायत ब्यवस्थापन केही समय धानेपनि शीर्ष डिभिजन खेल्ने सबै क्लबको आर्थिक हैसियत एकै नासको छैन । स्पेन, इटाली, फ्रान्स, बेलायत, जर्मनमा शीर्ष डिभिजन खेलिरहेका ठूला क्लबले पनि ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने निश्चित छ । तल्लो तहका क्लबललाई झनै संकट पर्ने देखिएको छ । विशेषगरी टेलिभिजन अधिकार, राम्रो प्रायोजक र आफ्नै स्टेडियम नभएका क्लबलाई कोरोनाका कारण दीर्घकालिन असर पर्ने देखिन्छ ।
यही अवस्थालाई मध्यनजर गरेर कतिपय देशका फुटबल संघले क्लबलाई आर्थिक सहुलियत र ऋणको प्याकेज घोषणा गरेका छन् । स्पेनले महिला तथा पुरुष टिमलाई बिभिन्न चरणमा चार मिलियन युरो ऋण सहयोगको घोषणा गरेको छ । स्पेनले फुटबल क्लबलाई पाँच सय मिलियन युरोसम्म सहुलियत सहित किस्तामा ऋण उपलब्ध गराउने पनि जनाएको छ । स्पेनिस फुटबल संघका प्रमुख लुईस रुबेलिसले आफ्ना क्लबहरुलाई आर्थिक समस्या पर्दा फुटबलको भविष्य अन्योल हुने बताए । त्यसैले क्लबलाई सहयोग गर्नुको विकल्प छैन, लुईसले भनेका छन् ।
स्पेनले जस्तै बेलायत, इटाली, फ्रान्स, जर्मनी लगायतका देशका फुटबल संघले पनि लिग किमिटि तथा क्लबहरुसँग समस्या र सहयोगको बारेमा छलफल प्रक्रिया अगाडी बढाएका छन् । विश्व फुटबलकै मुख्य हिस्सा रहेको युरोपियन फुटबल कोरोनाका कारण ठप्प बन्दा क्लबहरुको मुख्य चिन्ता आर्थिक पक्षसँग बढी छ । त्यसैले क्लबहरु कोरोनाको छिटो अन्त्य र लिग फुटबल चाँडो सुचारु भएको देख्न आतुर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण