आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?
बिहीबार, १३ चैत २०७६, १० : १७
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (चैत १३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः