शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा बसेनन्, जथाभावी तास खेलेर हिँड्दा गाउँलेमा त्रास

बिहीबार, १३ चैत २०७६, ०९ : २७
बिहीबार, १३ चैत २०७६

नुवाकोट । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण भारतका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसेको पाइएको छ । 

भारतमा अहिले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको र त्यहाँबाट गाउँ फर्किएकामा संक्रमणको जोखिम भएपनि उनीहरु क्वारेन्टाइनमा नबसिदिँदा समस्या भएको तारकेश्वर गाउँपालिकाका स्थानीयहरुले गुनासो गरेका छन् । 

सरकारले भारतसँगको सीमानाका बन्द गर्नुअघिसम्म भारतबाट करीब २०० जनाको हाराहारीका मानिस तारकेश्वरमा फर्किएको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्तीले जानकारी दिए । 

उनले भारतसहित अन्य मुलुकबाट हालै घर फर्किएकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको भन्दै यसविषयमा गाउँपालिका गम्भीर रहेको बताए ।

 ‘गाउँ फर्किएकाहरु क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको छ, हामीले रोग लागेका नै मान्छे आएका भन्न खोजेका होइन तर सम्बन्धितलाई सावधानी अपनाउन भनेका छौं’, उनले भने, ‘सम्झाइ बुझाइ गरिरहेका छौं तैपनि उहाँहरु क्वारेन्टाइनमा नबसेकाले अब कसरी अघि बढ्ने भन्नेमा हामी छलफलमा छौं ।’

कतार एयरलाइन्सको बिमानबाट आउनेमा तारकेश्वरका एक युवा पनि रहेको आफूले जानकारी पाएको भन्दै वस्तीले उनीसँग सम्पर्कको पटक पटक प्रयास गरेपनि सम्भव हुन नसकेको बताए । कतार

एयरलाइन्सको विमानमा आउने एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएकाले यसबारे गाउँपालिका गम्भीरताका उनीसँगको सम्पर्कको प्रयासमा लागिपरेको वस्तीले बताए । 

सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्दा नमान्ने बरु त्यस्ता मान्छेहरु फुटबल खेल्ने, तास लेख्ने र जथाभावी गाउँमा हिँड्ने गरेको पाइएको समेत वस्तीले बताए । 

अहिले यो रमाइलो गर्ने बेला नभइ सुरक्षित रहने बेला भएका भन्दै अध्यक्ष वस्तीले भारतबाट आएकाहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरे । 

यद्यपि अहिलेसम्म गाउँपालिकामा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएपनि बेलैमा सावधानी अपनाउन गाउँपालिकाले ६ बेडको क्वारेन्टाइ निर्माण गरेको समेत वस्तीले जानकारी दिए । 

स्थानीय नेवारपानीस्थित सरस्वती माविलाई क्वारेन्टाइनको रुपमा विकसित गरेको उनको भनाइ छ ।

यसैगरी तारकेश्वर वडा नम्बर २ का वडाध्यक्ष समर बहादुर आले मगरले भारतसहित तेस्रो मुलुकबाट फर्किएकाहरुलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बसिदिन अनुरोध गरेका छन् । 

सरकारले यसअघि नै भारतसहित तेस्रो मुलुकबाट फर्किएकोको तथ्यांक संकलन गर्न निर्देशन दिएअनुसार गाउँपालिकाले वडाहरुलाई त्यस्ता व्यक्तिहरुको तथ्यांक संकलन गर्न पनि भनेको छ । 

यता तारकेश्वरस्थित श्रीकृष्ण क्याम्पसका क्याम्पस प्रमुख भरत सिग्देलले भारतसहित तेस्रो मुलुकबाट गाउँ फर्किएकाहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । यसमा

गाउँपालिकाले कडाइ गर्नुपर्ने र स्वयम् फर्किएकाहरु पनि गम्भीर बन्नुपर्नेमा सिग्देलले जोड दिए । 

तारकेश्वरमा मात्रै नभइ अन्य नुवाकोटका स्थानीय तहमा पनि यस्तै समस्या रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप