शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण हुने डरले बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया रिहा

बुधबार, १२ चैत २०७६, २३ : ४३
बुधबार, १२ चैत २०७६

एजेन्सी । कोरोना भाइरसको त्रासका बीच बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया जेलबाट रिहा भएकी छिन् । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवम् मुख्य विपक्षी दलका नेता समेत रहेकी जियालाई कोरोना भाइरसको आतंकका बीच रिहा गरिएको हो । त्यहाँको विपक्षी नेशनलिष्ट पार्टीले कोरोना महामारीका कारण जेलभित्र समेत संक्रमण बढ्ने खतरालाई ध्यान दिँदै मानवियताका आधारमा जियालाई ६ महिनाका लागि जेलबाट रिहा गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  

खालिदा जिया निकै महिनादेखि बिरामी समेत छिन् । ७४ वर्षीया जिया उच्च रक्तचापसहित ह्रदयघातको बिमारी समेत हुन् । बंगलादेश नेशनल पार्टीकी प्रमुख उनले भ्रष्ट्राचारको मामलामा १७ वर्षको जेल सजाय भुक्तान गरिरहेकी छिन् । उनी सन् २०१८ फेब्रुअरी ८ मा जेल परेकी थिइन् । बंगलादेशका गृहमन्त्री असद–उज–जमानले भनेका छन्–‘जियालाई मानवीय आधारमा शर्तका साथ रिहा गरिएको हो ।’ स्मरणरहोस्ः जिया सन् १९९१ प्छि ३ पटक बंगलादेशको प्रधानमन्त्री भइसकेकी नेतृ हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप