कोरोना महामारीः इटलीमा ६ हजार ८२० र स्पेनमा ३ हजार ४३४ जनाको मृत्यु
एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्ममा १९ हजार ७४८ पुगेको छ ।
सङ्क्रमणको प्रभाव सुरूमा चीनमा नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ । भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पनि पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ ।
सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा छ हजार ८२०, स्पेनमा तीन हजार ४३४ पुगेको छ भने चीनमा तीन हजार २८१ रहेको छ । चीनमा पछिल्ला केही हप्तादेखि नयाँ सङ्क्रमणका घटना नगन्य मात्रामा भेटिएको नयाँ सङ्क्रमितमध्ये पनि चीनबाहिरबाट आउने व्यक्तिमा बढी रहेको चीनले जनाएको छ ।
सङ्क्रमणका कारण विरामी परेका चार लाख ४० हजार १४५ मध्ये एक लाख ११ हजार ९४२ जना निको भएर घर फर्केका छन् । त्यस्तै १३ हजार ४२५ व्यक्तिमा जटिल प्रकारको सङ्क्रमण देखिएको छ भने दुई लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको सङ्क्रमण रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा दुई हजार ७७, फ्रान्समा एक हजार १०० तथा अमेरिकामा ७८५ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही