शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएले नेपाल सरकारलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने

बुधबार, १२ चैत २०७६, २२ : ४३
बुधबार, १२ चैत २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । 

संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोनाविरुद्ध लड्न एनआरएनएले घोषणा गरेको रू १ करोड सहयोगबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ। 
ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको पन्तले जनाए । 

गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको बताए । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधिसहितको एक कार्यदल गठन गरेको हो ।

आजैमात्रै सरकारले चीनबाट स्वास्थ्य उपकरण ल्याउने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप