शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बुधबार, १२ चैत २०७६, २२ : १२
बुधबार, १२ चैत २०७६

काठमाडौं ।  सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले उक्त विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ ।

यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित ८ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाई अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए । रिट निवेदनमा नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज आउन दिनुपर्ने  र आफू आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनपर्ने माग गर्दै रिट निवेदन गरिएको थियो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप