शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्वर ५ मा प्रदेशस्तरीय कोरोना ल्याव परीक्षण केन्द्र बन्दै

बुधबार, १२ चैत २०७६, २१ : ४७
बुधबार, १२ चैत २०७६

बुटवल । प्रदेश नम्बर ५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापना गर्न लागेको छ । भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा यो प्रयोगशाला बनाइने सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् ।

अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनुपरेको अवस्थामा कोरोनाका लक्षणसँग मेल खाने विरामीको परीक्षण यही ल्याबमा गरिने मन्त्री बरालले बताएका छन् ।

 पिसीआर मेसिन उपलब्ध भएमा केही दिनभित्र जाँच गर्न तयार हुनेगरी काम भइरहेको तथा उपकरण मेसिन र प्राविधिकहरुको तयारीमा प्रदेश लागेको उनले बताए । 

 यसका लागि केही सामग्री आइसकेको र कमी भएका सामग्री ल्याउने तयारीमा लागेको मन्त्रालयले जनाएको छ । परीक्षण केन्द्र नभएका कारण सामान्य लक्षण देखिएका बिरामी तथा उनका परिवारले धेरै दिन तनाब लिनुपर्ने अवस्था रहेको छ ।
 यसैगरी भैरहवास्थित भीम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको छ । ३० बेडको जनरल र ५ बेडको आइसोलेटेडसहित ३५ बेडको अस्पताल बनाउन लागिएको हो ।

रुपन्देहीमा बुुटवलको धागो कारखानामा पनि अस्थायी कोरोना अस्पताल बनिसकेको छ भने भैरहवाको भीम अस्पताललाई कोरोना विशेष अस्पतलाको रुपमा विकास गरिँदै छ । त्यस्तैगरी दाडको बेलझुुण्डीमा र बाँकेको क्यान्सर अस्पालललाई पनि कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याइने प्रदेश सरकारले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप