शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी सरकारद्वारा १५ करोडको कोरोना कोष खडा

बुधबार, १२ चैत २०७६, २१ : ४६
बुधबार, १२ चैत २०७६

पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस (कोभिड—१९) को रोकथामको लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोरोना कोष खडा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । 

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार कोषमा सातै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने छन् ।  

उनका अनुसार प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा संघ÷संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको छ ।

आर्थीक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा बनेको पाँच सदस्यीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिले आजदेखि नै लागू हुने गरि काम अघि बढाउँने छ ।

समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य सामेल छन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशका एघारै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न पाच लाख उपलब्ध गराइने प्रवक्ता बस्नेतले जानकारी दिए ।

यसअघि नै सरकारले सबै जिल्ला अस्पताललाई पाच लाख पठाई सकेको छ ।

प्रदेश सरकारले थप रकम निकासा गर्ने आजको मन्त्रिपरिषद् बैठकको निणर्य छ । राष्ट्रिय बाणिज्य बैंकमा यो कोषको रकम जम्मा हुने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप