मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यही ढंगको लापरवाही र अराजकता भयो भने सरकारले बोल्ड स्टेप चाल्नुपर्ने हुन्छ : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

बुधबार, १२ चैत २०७६, २० : ०५
बुधबार, १२ चैत २०७६

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत रहेका उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनको पालना नगर्नेहरुप्रति गुनासो गरेका छन् ।  बुधबार मन्त्रालयमा रातोपाटीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नागरिकले आफैंले बोध गरेर लकडाउनका बेला घरमा बस्नुपर्नेमा त्यस्तो नगरेको र कतिपय ठाउँमा लापरवाही गरिएको बताए । 

उनले यस्तो लापरवाही गरे सरकारले देश र जनताको रक्षाका लागि थप कडा कदम चाल्न बाध्य हुने स्पष्ट पारेका छन् । उनले भने, ‘अहिले भ्रम के छ भने उपभोग्य सामग्रीहरुको पसल बन्द गर्नु त भनेको छैन । खुलै गर्नु भनेको छ तर मान्छे बन्द गरिरहेका छन् । राजनीतिक अन्दोलनका कारण कफ्र्यू लगाएजस्तो ढाँचा पार्दै मान्छे हिँडेका छन् । यदि यहि ढंगको लापरवाही र अराजकता भयो भने सरकारले देश बचाउनका लागि, सम्पूर्ण नागरिकको रक्षाका लागि र भविष्यलाई सुरक्षित गर्नका लागि बोल्ड स्टेप पनि चाल्नुपर्ने हुन्छ ।’ 

उनले संक्रमित बिरामीलाई सरकारले उपचार गर्ने व्यवस्था गरेको भन्दै सरकारले गरेको निर्णयलाई पालना गर्न आग्रह गरे ।  संक्रमणको परिस्थिति गम्भीर भयो भने सरकारले लडकडाउनको समय थप गर्न सक्ने मन्त्री पोखरेलको भनाई छ ।  

यस्तै भारतले गरेको २१ दिने लकडाउनबाट नेपालमा कस्तो प्रभाव पर्न सक्छ त्यसबारे अध्ययन गरिरहेको उनले बताए । मन्त्री पोखरेलले भारत र चीनले सहयोग गर्ने भनेको कोरोना भाइरस परिक्षण गर्ने तथा अन्य स्वास्थ्य सामग्री शनिबारसम्म ल्याउने बताए । त्यसका लागि सरकारले विमान चार्टर गरेर जाने उल्लेख गरे । 

उनले संक्रमणको बढ्दो सम्भावनालाई ख्याल गर्दै कोरोना संक्रमितलाई मात्र उपचार गर्ने छुट्टै अस्पताल तयार गरेको बताएका छन् । साथै कोरोना रोकथामका लागि सरकारले ५० करोड रुपैया राखेर छुट्टै कोष खडा गरेको र त्यसमा अन्य दाताले पनि सहयोग गर्ने जानकारी दिए । 

सरकारले आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउने तयारी गरेको उनको भनाई छ । विमान चार्टर गरेर त्यस्ता सामग्री ल्याउनुपर्ने अवस्था भएकोले सरकारले त्यो काम गर्ने उनले बताए । शनिवारसम्म आवश्यक स्वास्थ्य उपकरण विदेशबाट ल्याउने योजना छ । 

लकडाउन गरेपछि पनि हजारौंको संख्यामा भारतबाट नेपालीहरु आएको र उनीहरुको परिचय लिएर संवधित प्रदेशसँग समन्वय गरेर व्यवस्थापन गरेको बताए ।  सरकारको अबको काम आवश्यक स्वास्थ्य सामग्री ल्याएर अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने रहेको मन्त्री पोखरेलले बताए । नेपालमा अहिलेसम्म एउटा मात्र ल्याब रहेकोमा धुलिखेल, धरान, पोखरा, नेपालगञ्जमा ल्याव स्थापना गर्ने योजना रहेको बताए । 

पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जसम्म जहाज पठाएर आशंका गरिएका विरामीको स्वाव काठमाडौं ल्याएर परीक्षण गरिने उनको भनाई छ ।   आपूर्ति व्यवस्थालाई कसरी ब्यवस्था गर्ने सरकारको सामू अर्को चुनौती रहेको उनले बताए । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप