केन्द्रीय संस्करण

धादिङको गल्छीमा २५  जना क्वारेनटाइनमा

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline1
file photo

धादिङ । रोजगारीका क्रममा भारतबाट आएका  गोगनपानीका १६ युवालाई गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । ती युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीले  बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने छ ।

क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । यसअघि सम्भावित जोखिमलाई मूल्याङ्कन गरी बागेश्वरी माध्यमिक विद्यालयमा २५ शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो । उनीहरुलाई सोही कक्षमा राखिएको जनाइएको छ ।

यसैगरी गल्छी १ मा नौ जनालाई आफ्नै घरमा निगरानीमा (होम क्वारेनटाइन) मा राखिएको छ । उनीहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तर छुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिइन् । भारतमा मजदूरी गर्न गएकाहरु घर फर्किएपछि उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 25, 2020, 11:15 p.m. Hareram giri
    Ramro kaam ko swagat xa singo ghau pahila basilai
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...