शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कतार होइन, युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका थिए तेस्रो संक्रमित युवक

बुधबार, १२ चैत २०७६, १८ : २७
बुधबार, १२ चैत २०७६

बुधबार कोरोनाभाइरस संक्रमणको पुष्टी भएका युवक गएको मार्च १९ अर्थात् चैत ६ गते बिहीबार नेपाल आएको खुल्न आएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको पुष्टी गरेका ती युवा युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ (५३७) बाट चैत्र ६ गते राति १०ः२० बजे नेपाल उत्रिएको स्वास्थ्य मन्त्रालय श्रोतले बताएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा बुधबार संक्रमित व्यक्ति कतारबाट आएको बताएका थिए । मन्त्री ढकालले रातोपाटीसँग कुरा गर्दै पत्रकार सम्मेलनका क्रममा गल्तीले कतार भन्नपुगेको र त्यसलाई सच्याउन लगाउने बताए ।

अपडेट : स्वास्थ्य मन्त्रालयले मन्त्रीको भनाइलाई सच्याएको छ ।

मन्त्रालय स्रोतका अनुसार ३२ वर्षीय ती युवाले संयुक्त अरब इमिरेट्सको शारजाह विमानस्थालबाट स्थानीय समयअनुसार अपरान्ह ४ पौने ५ बजे उडान भरेका थिए । उक्त विमान नेपालमा ल्याण्ड गर्दा रातको १० बजेर २० मिनेट गएको थियो ।

धादिङ घर भएका ती युवा चैत ७ गते नै धादिङ पुगेको पनि स्रोतले बताएको छ । तर स्वास्थ्यमा समस्या आएपछि चैत १० गते उनी टेकु अस्पताल आइपुगेका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइशुलेन वार्डमा भर्ना गरिएका ती युवामा चैत ११ गते साँझ कोरोना पोजिटभ को रिपोर्ट आएको थियो ।

मंगलबार नै ती युवामा कोरोना पोजिटिभ देखिएको भए पनि बुधबार मात्रै मन्त्रालयले यसबारे आधिकारिक जानकारी दिएको हो ।

अहिले ती युवा टेकुस्थित शुक्रराज अस्पतालमा उपचाररत छन् भने उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

मार्च १९ गते शारजाहबाट काडमाडौँका लागि उडान भरेको ५३७ नम्बरको फ्लाइटमा कति जना यात्रु थिए भन्ने हालसम्म खुलेको छैन । यद्यपि सरकारले उक्त फ्लाइटमा रहेका सबै जनाको लगत निकाल्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम भइरहेको बताएको छ ।

अहिले सरकारले उक्त फ्लाइटमा आएका व्यक्तिहरुको पहिचान खोजिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप