शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दूरसञ्चार प्राधिकरणका सबै सेवा अब घरबाटै (सूचना सहित)

बुधबार, १२ चैत २०७६, १७ : ४५
बुधबार, १२ चैत २०७६

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट घरबाटै सेवा दिन सुरु गरेको छ । कोरोनाभाइरसको संक्रमण रोकथाम र संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि  लक डाउन गरेसँगै प्राधिकरणले पनि सबै सेवा घरबाट उपलब्ध गराउन आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ । 

बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकसँग समुचित समन्वय गरी दूरसञ्चार सेवालाई निर्वाध रुपमा संचालन गर्ने  गराउने व्यवस्था मिलाउने बताएको छ । 

सूचनामा प्राधिकरणले ‘प्राधिकरणका महाशाखा तथा शाखा प्रमुख मातहतका कर्मचारीमार्फत सम्बन्धित अत्यावश्यक तथा जरुरी कार्यहरु घरबाटै कार्यालयको ‘अफिस अटोमेशन प्रणाली’ प्रयोग गरी सम्पादन गर्ने व्यवस्था गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणले कोरोनाभाइरसले पारेको यो विषम परिस्थितिमा सेवा प्रदायक कम्पनी वा अन्य निकायले प्राधिकरणसँग सम्पर्क वा समन्वय गर्नु परेमा अथवा प्राधिरणबाट निर्णय निकासा लिँदा कार्यालयको इमेल लतचब२लतब।नयख।लउ अथवा ष्लाय२लतब।नयख।लउमार्फत सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

प्राधिकरणले सबै कर्मचारीहरु आवश्यक पर्दा उपस्थित हुनेगरी हरदम सम्पर्कमा रहन निर्देशन जारी गर्दै घरमै बसी कार्य गर्ने व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै दूरसञ्चार सेवा प्रदायकसँग आवश्यक समन्वय गरी दूरसञ्चार सेवालाई निर्वाध रुपमा सञ्चालन गरिने पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप