शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भाईरस निणन्त्रण कोषमा उद्योग वाणिज्य महासंघको सहयोग

बुधबार, १२ चैत २०७६, १७ : ३९
बुधबार, १२ चैत २०७६

बुटवल । प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको नोभेल कोरोना भाईरस नियन्त्रण कोषमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) का कारण देश विषम परिस्थितिमा परेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानकारी दिए । 

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले प्रदेश पाँच सरकारले स्थापना गरेको उक्त कोषमा २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप