३१ घण्टा पैदल हिँडेर घरतिर
गुल्मी । बुधवार दिउँसो पौने दुई बजेको समयमा बुटवलतर्फबाट गुल्मीको सदरमुकाम तम्घास आउनु भन्दा करिव एक किलो मिटर दूरीमा पर्ने ह्वाक्नेछहराको खोला तरेर तीन चार जना युवा हिँडेर आउँदै थिए । उता उर्लेनी गाउँको गोरेटो बाटोबाट पनि छ–सात जनाको टोली हिँडेर आउँदै थियो । यस्तै अगाडि पुगिसकेका कोही भने भारी भूईँमा बिसाएर रुमालले पसिना पुछ्दै थिए ।
सबैको साथमा झोला र केही बोराका भारी पनि थियो । कहाँ बाट आउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा जवाफ आयो– स्याङ्घजाबाट । कहाँ पुग्ने हो ?– प्युठान । स्यास्याङ्घजाबाट कति बेला हिँडेको हो ? – हिजो राति १० बजे । बास कहाँ बस्नु भएको हो ? – कहीँ बसेर्नौंै , सरासर हिँडेर यहाँसम्म आइपुगेका हौं ।
कति जना आउँदै हुनुहुन्छ ? – १२ जना छौं , कोही हामी भन्दा अगाडि छन्, कोही पछाडि आउँदै छन् । रिडी हुँदै आएका उनीहरुले बताए ।
गाडीको यात्रामा रिडी देखि ४५ किलो मिटर दुरीमा पर्दछ सदरमुकाम तम्घास । स्याङ्घजाबाट रिडी सम्म एक घण्टा सहित ह्वाक्नेछहरा सम्म निरन्तर १५ घण्टाको बाटो हिँडेर आएको उनीहरुले बताए ।
तम्घासबाट अरु १६ घण्टा प्युठानको झिमुक्क पुग्न लाग्ने ती युवाहरुले बताए । झिम्रुक्क गाउँपालिकाको विभिन्न वडामा घर रहेको र सडक मजदुरीको काम गर्न स्याङ्घजा पुगेको उनीहरुले बताए ।
स्याङ्खजाको कालिगण्डकी गाउँपालिका मिर्मि वाइघा रिडी सम्म १७ किलोमिटर सडक कालोपत्रे सहितको स्तरोन्नोतति गर्ने कार्यमा उनीहरु खटिएका थिए । तर काम अहिले काम नभएपछि हिँडेरै घर फकिएको टोलीका एक युवा रुकमान केएमले बताए ।
उनी सहित भुम्रुकका ढकबहादुर महतरा , मधु केएम, प्रदिप एमसी , बाबुराम रोका, विनबहादुर महतरा वलाराम रोका , हरि बिक , गिरिबहादुर सामत, कमल बस्याल, समर क्षेत्र सहित १२ जना हिँडेरै प्युठान जानेक्रममा गुल्मी आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला