गजल
बुधबार, १२ चैत २०७६, १६ : १८
देख्दै छु, काल नजिक आउँदै छ
ठूलै भड्खाल नजिक आउँदै छ
दुस्मनहरुले घेरिएको छ यताउति
फालिएको जाल नजिक आउँदै छ
को आफ्नो को पराई कसरी चिन्नु ?
मन्द विषको चाल नजिक आउँदै छ
जति कुदे पनि भेटाइहाल्छन तलाई
सुनामीको छाल नजिक आउँदै छ
भागेर कहाँ जान्छस् त ,ए ! जिन्दगी
भासिँदै पाताल नजिक आउँदै छ ।।
शम्भु पुडासैनी
हाल-दक्षिण कोरिया ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ