शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा आइसोलेसनको लागि तयारी नै छैन

बुधबार, १२ चैत २०७६, १६ : ११
बुधबार, १२ चैत २०७६

गण्डकी प्रदेश सरकारकाले आइसोलेसननका लागि भनेर तोकेको ६० वेड क्षमताको लेखनाथ लाइन्स अस्पतालमा कुनै तयारी गरिएको छैन ।

 केहीदिन अघि गण्डकी प्रदेश सरकारले पत्रकार सम्मेलन गरेर कोरोना आशंका गरिएका बिरामीलाई राख्नको लागि भनेर ६० बेड क्षमताको लेखनाथ लायन्स अस्पताललाई आइसोलेसनको रुपमा प्रयोग गर्ने घोषणा गरेको थियो । 

 बुधबार प्रदेश सरकारले आइसोलेसनन भनेर घोषणा गरेको अस्पतालमा हामी पुग्दा लेखनाथ लायन्स अस्पतालका अध्यक्ष रोमनाथ पौडेलले अस्पताललाई आइसोलेसन बनाउने भन्ने विषयमा आफूहरुलाई प्रदेश सरकारले कुनै जानकारी नगराएको बताएका छन् ।

 ‘प्रदेश सरकारका प्रतिनिधिहरुसँग छलफल त गरिएको हो तर निर्णय भने भइसकेको थिएन । हामीले पनि संचारमाध्यमहरुबाट नै निर्णय सुनेका हौँ । आइसोलेसन वार्डका लागि आवश्यक पूर्वाधार निर्माण भएको छैन । प्रदेश सरकारले कि त पुूर्वाधारहरुको निर्माण गर्नुपथ्र्यो कि अन्य कुनै अस्पताललाई आइसोलेसन वार्ड बनाउनु पथ्र्यो । आजकै अवस्थामा बिरामी राख्न सक्ने अवस्थामा अस्पताल छैन । सामान्य रोगका लागि  मात्र खोलिएको अस्पताल भएको हुँदा यहाँ राम्रा पूर्वाधारहरु छैनन् । भोलिकै दिनबाट बिरामी ल्याउन सुरु गरियो भने अस्पतालले केही गर्न सक्ने अवस्थामा नै छैन,’  उनले बताए ।

अस्पतालले आइसोलेसनन वार्डको रुपमा जिम्मा बहन गर्न सक्छ त भन्ने प्रश्नमा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.प्रकास भट्टराइले भने, ‘आजकै अवस्थामा यो अस्पताललाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्न सकिने अवस्था छैन । त्यसका लागि थुप्रै पूर्वाधारको आवश्यकता पर्छ तर हामीसँग केही पुर्वाधारहरु छैन । आइसोलेशनमा कोरोना संक्रमित बिरामीहरुलाई राख्ने हो । त्यसका लागि विशेष स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने आवश्यकता हुन्छ ।  तर आजको अवस्था आइसोलेसनका लागि चाहिने सामान्य चिजहरु पनि हामीसँग छैन ।’ 

सरकारले आइसोलेसनका लागि भनेर घोषणा गरेको अस्पतालमा आजसम्म पनि न आधिकारीक हिसावले सूचना पुगेको न त पूर्वाधारहरुको निर्माण नै भएको छ । ५० वेड भनेर घोषणा गरिएको अस्पतालमा पुग्दा १२ भन्दा बढी वेड देख्न सकिदैन । अरु त अरु अस्पतालमा पुग्दा कोरोनाका लक्षण र वाँच्ने उपायका बारेमा लेखिएका सामान्य सूचनामुलक सामाग्रीसम्म पनि देख्न सकिँदैन । 
त्यसका अलवा प्रदेश सरकारसँग पीपीइको पनि अभाव रहेको छ । आजको दिनमा प्रदेश सरकारसँग २७१ थान मात्र पीपीइ रहेको सरकारका प्रवक्ताले बताइसकेका छन् । 

के प्रदेशमा कोरोनाको टेष्ट सम्भब छ ?
प्रदेश सरकारले  प्रत्येक प्रदेशमा घोषणा गरेसँगै त्यसका लागि प्रदेशहरु तयारी कस्तो छ भनेर बुझ्न जरुरी छ ।  सरकारको यो घोषणासँगै गण्डकी प्रदेश सरकार त्यसको लागि तयार छ कि छैन भनेर हामीले प्राध्यापक डाक्टर अंमर नागिलासँग बुझ्न खोज्दा उनले तयारी र चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामाग्री र टेष्टका लागि आवश्यक पर्ने मेसिन र किट पाएको खण्डमा टेष्ट प्रदेशमा नै संभब हुने बताए । 
‘टेष्टका लागि मेसिन र किट हुनु मात्र ठुलो कुरा होइन ।

टेष्ट गर्ने स्याम्पल र चिकित्सकको सुरक्षाको विषय प्रमुख विषय हो । त्यसका लागि पहिले चिकित्सकहरुलाई पीपीइको आवश्यकता पर्छ । त्यसपछि टेस्टिङ किटको आवश्यकता पर्छ । जुन ‘डव्लुएचओ’ प्रत्यक्ष निगरानीमा हुन्छ । सरकारले भनेजस्तो छिटो र सजिलो हिसावले प्रदेशबाटै टेष्ट गर्न त्यति सजिलो छैन्’ डा.नागिलाले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप