इरानबाट २७७ जना भारतीयको उद्धार
बुधबार, १२ चैत २०७६, १३ : २७
नयाँदिल्ली । कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए ।
उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १२८ जना पुरुष र १४९ जना महिला छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार खाडी राष्ट्र इरानमा २५ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने एक हजार ९३४ जनाको मृत्यु भइसकेको छ । महान एयरले इरानमा अलपत्र परेका भारतीय नागरिकलाई मानवीय दृष्टिकोणबाट निःशुल्क सुरक्षित रुपमा उद्धार गर्ने घोषणा गरेको थियो । –एएनआई/Photo:Hindustantimes
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ