बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नाकामा अलपत्र परेका ९१४ जनाको को २८ घण्टापछि उद्दार

बुधबार, १२ चैत २०७६, १३ : १४
बुधबार, १२ चैत २०७६

कैलाली । भारतीय नाका गौरीफन्टा नाकामा अलपत्र परेकाहरुको २८ घण्टापछि उद्दार भएको छ ।

भारतका विभिन्न ठाउँमा आएर सोमबार सा“झ देखि त्यहा“ अलपत्र परेका १९ जिल्लाका ९ सय १४ जनालाई संघीय सरकारको निर्देशनपछि स्थानीय प्रशासनले प्रदेश सरकारको पहलमा घर फर्किने व्यवस्था मिलाएको हो ।

राति करीव १० बजे उनीहरु त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका हुन् । लकडाउनको पूर्वसन्ध्यामा गौरीफन्टा पुगेका उनीहरुलाई स्थानीय प्रशासनले संघीय सरकारको आदेशमा नेपाल प्रवेशमा रोक लगाएको थियो ।

संघीय सरकारले नै उनीहरुलाई नेपाल प्रवेश गर्न दिनु भन्ने निर्देशन दिएपछि स्थानीय प्रशासनले प्रदेश सरकारसंगको समन्वयमा घर फर्किने व्यवस्था मिलाएको हो । उनीहरुलाई सम्बन्धित जिल्लामा क्वारेन्टाईनमा राखिने बताइएको छ ।

क्वारेन्टाइन स्थापनाका लागि प्रत्येक स्थानीय तहलाई मंगलबार प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ । भारतबाट फर्केका व्यक्तिहरु जुन जुन स्थानीय तहमा बसोबास गर्छन् त्यही क्वारेन्टाइनमा राख्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

२८ घण्टापछि नेपाली आफनो देश प्रवेश गर्न पाउदा उनीहरु खुसी थिए । 

मंगलबार बिहान उनीहरु नेपाल प्रवेश गर्न खोज्दा मोहना नदीको पुलमा सुरक्षाकर्मीहरुसंग झडप समेत भएको थियो । त्यस्तै कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका ६ सय जनाको पनि राति उद्दार भएको छ ।
विभिन्न नाका भएर नेपाल प्रवेश गरेका उनीहरु स्थानीय सरकार र प्रशासनको सहयोगमा राति बस चढेर गन्तव्य तर्फ लागेका छन् ।

कैलालीका मात्रै दुई सय ९१ जनालाई गन्तव्य पठाइएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले आफनो समितिले मात्रै १५ वटा गाडी यात्रुलाई पुर्याउन दिएको जानकारी दिए । उनीहरुलाई स्कटिङमा गन्तव्य पुर्याइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप