शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चौतर्फी विरोध र दवावपछि खुल्यो मुक्तिनाथ अस्पताल

बुधबार, १२ चैत २०७६, १३ : १०
बुधबार, १२ चैत २०७६

बागलुङ । चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो  अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गराएको थियो ।

 कोभिड –१९ परीक्षणलगायत सामग्री नभएकाले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकाले बन्द गर्न बाध्य भएको बताएका थिए । उनले सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकाले चिकित्सक तथा कर्मचारीले काम गर्न नमानेको बताएका थिए । सङ्कटको बेला अस्पताल बन्द गरेकामा चौतर्फी विरोध भएको थियो ।

सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गरिने चेतावनी दिएपछि अस्पताल सञ्चालनमा आएको हो । नगरप्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मङ्गलबार रातिदेखि अस्पताल खुलेको सूचना व्यवस्थापनले आफ्नै सूचनापाटीमा टाँस गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप