मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक चैत २३ गते बस्ने गरी स्थगित

बुधबार, १२ चैत २०७६, ११ : ५४
बुधबार, १२ चैत २०७६

काठमाडौ । कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ ।

संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले बुधबार सूचना जारी गर्दै यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको जनाएका हुन् । सरकारले देशभर अत्यावाश्यक सेवा वाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले प्रतिनिधि सभा नियामावली २०७५को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक चेत २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप