एलसी र बैङ्क ग्यारेन्टीको काम पनि घरबाटै गर्न सकिने
काठमाडौँ । बैङ्कमा खोलिने एलसी (प्रतितपत्र) र बैङ्क ग्यारेन्टीको काम समेत अब घरबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले अत्यावश्यक वस्तुको आयातका लागि खोलिने एलसी वा लिइने बैङ्क ग्यारेन्टीको काम सम्बधित शाखाका सम्पर्क व्यक्तिको समन्वयमा घरबाटै गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सरकारले लकडाउन घोषणा गरेपछि बुधबार बिहान बैङ्कर्सहरुको भर्चुअल (अनलाइन) बैठक बसेको थियो । सो बैठकले बचतकर्ताहरुले बैङ्कमा जम्मा गरेको बचत सुरक्षित रहेको विश्वास दिलाउँदै त्यस्ता बचतहरु आवश्यक परेको जुनसुकै बेला झिक्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।
त्यसका लागि देशभरका सबै एटीएम काउन्टरहरु खुला राख्ने, एटीएम काउन्टर नभएका शाखाहरु निश्चित अवधिसम्म नगद कारोबारका लागि खुला राख्ने, प्रत्येक शाखाको २ जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर उनीहरुमार्फत् फोन वा इमेलबाटै सेवा दिने प्रवन्ध मिलाउने निर्णय समेत गरेको छ ।
संघले बैङ्कमा आवश्यक मास्क, स्यानिटाइनर र एटीएम बुथको सरसफाइको साधनमा लागि स्थानीय तहसँग शाखामा उपलब्ध गराउन सहयोग लिने निर्णय समेत गरेको छ ।
महामारी विरुद्धको राष्ट्रिय लडाइँका लागि सरकारले घोषणा गरेको लकडाउनप्रति बैंकिङ क्षेत्र ऐक्यबद्धता जनाउँदै यस्तो कठिन अवस्थामा समेत आफ्ना कर्मचारी र ग्राहकको सुरक्षाका लागि सरकारसँग हातेमालो र सहयोग गर्न तयार रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का