बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

बुधबार, १२ चैत २०७६, ०९ : ०८
बुधबार, १२ चैत २०७६

काठमाडौं – मंगबार बढेर अहिले सम्मकै उच्च बिन्दुमा पुगेको डलरको भाउ बुधबार भने घटेको छ ।  मंगलर डलर एकको भाउ बढेर खरिददर १२१ रुपैयाँ  ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो । बुधबार भने डलर एकको भाउ खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा उल्लेख गरिएको छ । 

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप