शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा फसिन् बलिउड नायिकाः भनिन्, ‘मसँग मास्कसमेत छैन, फ्लाइट तीन पटक रद्द’

बुधबार, १२ चैत २०७६, ०८ : ३२
बुधबार, १२ चैत २०७६

कोरोना भाइरस महामारीबीच ‘रांची डायरीज (२०१७)’ र ‘मेरठिया ग्याङ्गस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जलिसमा फसेकी छिन् । उनी त्यहाँ पढ्न गएकी थिइन् । कोरोना भाइरसका कारण त्यहाँका कलेज बन्द भएका छन् । साथै अनलाइन कक्षा पनि रोकिएका छन् । सौन्दर्याले भारत फर्कने कोसिस गर्दा तीन पटक फ्लाइट रद्द भएको जानकारी दिइन् । एक भारतीय मिडियासँगको कुराकानीमा उनले आफ्नो समस्या पोखेकी छिन् ।

पसलमा दैनिक उपभोग्य वस्तुसमेत छैनन्ः

सौन्दर्याले भनिन्, ‘घरमा चाहिने वस्तु किन्न चाँडै नै निस्कन्छु तर पसल अलि टाढा छन् । ती पनि धेरैजसो खाली नै छन् । आलू, नुन, दालजस्ता दैनिक उपभोग्य वस्तुका पनि उपलब्ध छैनन् । सुरक्षाका लागि मसँग मास्कसमेत छैन । किनभने यो आउट अफ स्टक छ र अनलाइनमा समेत उपलब्ध छैनन् । मैले टोइलेट पेपर र स्यानिटाइजरका लागि मानिसबीच झगडा भएको देखेकी छु । यात्रा प्रतिबन्धका कारण म घरसमेत फर्किन सकेको छैन । मेरा तीन उडान पैसा फिर्ता नदिइकनै रद्द गरिएका छन् । मेरा आमा–बुवा असाध्यै चिन्तित हुनुहुन्छ र म पनि निकै चिन्तित छु ।’

घर फर्कने सबै कोसिस विफलः

सौन्दर्या भन्छिन्, ‘मैले भारतीय दूतावासमा फोन गरेँ । इमेल पनि पठाएँ । भारतीयको उद्धार गरिएको छ कि भनेर जान्ने कोसिस गरेँ । तर उहाँहरुको तर्फबाट आएको जवाफ सकारात्मक थिएन । यो अपरिचित देशमा एक्लै फसेकी छु । घर फर्कन पनि सकिरहेकी छैन्, कसैबाट पनि मद्दत पाइरहेकी छैन ।’

आफूलाई आइसोलेशनमा राखेकी छुः

आफूलाई पोजिटिभ र सुरक्षित राख्नका लागि के गरिरहनुभएको छ ? यो प्रश्नको जवाफमा सौन्दर्याले भनिन्, ‘मैले आफूलाई घरमा आइसोलेशनमा राखेकी छु । अत्यावश्यक कामबाहेक घरबाट निस्किएकी छैन । घरमा नै योगा गर्छु । म शाकाहारी हुँ त्यसकारण खाना पनि घरमा नै बनाउँछु ।’

आफूलाई व्यस्त राख्न सिकिरहेकी छिन् स्पेनिशः

सौन्दर्या भन्छिन्, ‘आफूलाई व्यस्त राख्न म अनलाइनमार्फत् स्पेनिश भाषा सिकिरहेकी छु । साथै यो खाली समयमा एउटा नाटक पनि लेखिरहेकी छु । केही वेब सिरिज जस्तै ‘लक्ड अप’, ‘क्विन अफ द फ्लो’, ‘द रिडर’ हेरेर आफ्नो मन बुझाइरहेकी छु । दैनिक हनुमान चालिसा र दुर्गा चालिसा सुनेर चाँडै नै आफ्नो घर फर्कने प्रार्थना गरिरहेकी छु । ‘तू बिन बताए’ बोलको गीत धेरैजसो सुन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप