शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा औषधी अभाव, ट्रम्पमाथि खनिए न्युर्योक शहरका गभर्नर

मङ्गलबार, ११ चैत २०७६, २३ : १९
मङ्गलबार, ११ चैत २०७६

एजेन्सी । न्युर्योक शहरका गर्भनर एड्रियु क्वोमोले ३० हजार भेन्टिलेटर्स आवश्यक परेका बेला केवल ४ सय मात्रै भेन्टिलेटर्स पठाइदिएको भन्दै राष्ट्रपति डोनाल्ट ट्रम्पको आलोचना गरेका छन् । क्वोमोका अनुसार न्युर्योक शहरसँग अहिले ७ हजार भेन्टिलेटर्समात्रै छ । यस्तोमा २० हजार भेन्टिलेर्स रहेको फेडरल स्टकपाइलबाट संंघीय सरकारले केवल ४ सय भेन्टिलेटर्स पठाइदिएको छ । 

अहिलेसम्म न्युर्योकमा २५ हजारमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । त्यस्तै, अन्य हजारौंमा संक्रमण रहेको हुनसक्ने अनुमान गरिएको छ । क्वोमोले १४ देखि २१ दिनभित्र संक्रमिताको संख्या बढ्ने र त्यतिबेला स्थिती नियन्त्रणमा लिन राज्य तयार अवस्थामा नरहेको बताएका छन् । ‘भेन्टिलेटर्सको अहिल्यै खाँचो छ । ३० हजार चाहिएकोमा हामीसँग ७ हजारमात्रै छ र एउटै भेन्टिलेटर्स दुई बिरामीले प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले भने । 

कोरोना संक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न संघीय सरकार असफल भएको भन्दै विभिन्न राज्यका गर्भनरले आपत्ति जनाइरहेका छन् । उनीहरुले महामारी रोक्न तिव्र गतिमा स्रोत–सामाग्रीको वितरण हुनुपर्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म ४६ हजारमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ, ५ सय ८० जनाले ज्यान गुमाइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप