शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा लकडाउन अवज्ञा गर्ने ४५ मोटरसाइकल र ६ वटा गाडी प्रहरी नियन्त्रणमा

मङ्गलबार, ११ चैत २०७६, २१ : ५७
मङ्गलबार, ११ चैत २०७६

राधिका भुसाल

प्यूठान । सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेहरु कारबाहीमा परेका छन् । अत्यावश्यक कामबाहेक बाहिन निस्किन निषेध गरिएको नियमलाई उल्लङ्घन गरेको भन्दै प्युठानबाट ४५ वटा मोटरसाइकल र ६ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमध्य १२ वटा मोटरसाइकल ४ गाडी रोल्पा जिल्लाको भएको र अरु सबै प्यूठानकै रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रहरी प्रमुख पोषण ढकालले जानकारी दिए । विभिन्न ठाउँबाट आएकी ति यात्रुहरुलाई करिब ४ बजेसम्म नियन्त्रणमा राखेर सम्झाएर घर पठाएको उनले बताए । 

परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिइएको भएपनि अनावश्यक रुपमा सवारी साधन चलाउने र कतिपय नागरिकहरुलाई लकडाउनको बारेमा अनविज्ञ भएका कारण पनि आफुले मोटरसाइकल चलाएको बताउने गरेको निमित्त प्रहरी प्रमुख ढकालको भनाई रहेको छ ।

लकडाउनमै करिब ६ सय जना प्यूठान भित्रिए 

नेपाल भित्रबाट जिल्ला भित्रिएका १ सय  १५  महिला र ३ सय १० रहेका छन् भने भारतको विभिन्न ठाउँबाट आएका १ सय १४ जना पुरुष गरी जम्मा  ५ सय ३४ जनाको प्यूठान प्रवेशद्वारमा रहेको  हेल्थडेक्समार्फत स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय दरभानका प्रमुख खेमराज बुढाले जानकारी दिए  । 

नेपालनै लकडाउन भैरहेको बेला नेपालभित्र तथा भारतबाट यात्रुहरु जिल्ला प्रवेश गरेको सरुमारानी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष एंव पालिकाका प्रवक्ता बसन्त बहादुर जिसीले जानकारी दिए । प्यूठान प्रवेश गर्ने यात्रुहरुको नाम, ठेगाना तथा संम्पर्क नम्बर लिइएको जिसीले जानकारी दिए ।

आज साँझसम्म जिल्ला भित्रिन लागेका सबै यात्रुहरुको स्वास्थ्य जाँच पश्चात उनीहरुको गन्तव्यस्थलसम्म जान दिइने व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए । आज पहिलो लिन भएकोले केही परामर्श र स्वास्थ्य जाँच गरेर घर पठाएको बताउदै यदी भोलिका दिनमा नियम उल्लङ्घन गरेको खण्डमा कडा कारबाही गरिने ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप